घट्याे ग्यासकाे मूल्य, ९ रुपैयाँले बढ्यो पेट्रोल

हिमाल प्रेस १६ साउन २०८० २०:४०
56
SHARES
घट्याे ग्यासकाे मूल्य, ९ रुपैयाँले बढ्यो पेट्रोल

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य ९ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढाएको हो।

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक सय ३० रुपैयाँले घटाइएको छ। ग्यासकाे मूल्य १७९० बाट घटाएर १६६० कायम गरिएकाे छ।

काठमाडाैँ उपत्यकामा पेट्राेल १७३ रुपैयाँ प्रतिलिटर र डिजेल तथा मिट्टितेल प्रतिलिटर १५३ रुपैयाँ कायम गरिएकाे छ। निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएकाे जानकारी दिएकाे छ।

मूल्य बढ्ने भएपछि पेट्रोल पम्पले घटाए बिक्री

खाना पकाउने ग्यासको मूल्य सिलिन्डरमै सय रुपैयाँ घट्दै, डिजेल र पेट्रोल बढ्दै

प्रकाशित: १६ साउन २०८० २०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =