खाना पकाउने ग्यासको मूल्य सिलिन्डरमै सय रुपैयाँ घट्दै, डिजेल र पेट्रोल बढ्दै

हिमाल प्रेस १६ साउन २०८० १४:४८
82
SHARES
खाना पकाउने ग्यासको मूल्य सिलिन्डरमै सय रुपैयाँ घट्दै, डिजेल र पेट्रोल बढ्दै

काठमाडौँ- खाना पकाउने एलपी ग्यासको मूल्य घट्ने भएको छ। भारतीय आयल निगमन (आईओसी)बाट एलपी ग्यास आउँदा प्रतिसिलिन्डर सय रुपैयाँ घटेर आएसँगै मूल्य घट्ने भएको हो।

स्वचालित प्रणाली लागू भएकोले सोहीअनुसार मूल्य घट्ने भएको हो। त्यस्तै पेट्रोल र डिजेलको मूल्य भने बढेर आएको छ। भारतबाट बढेर आएसँगै पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ५० पैसा , डिजेलमा सात रुपैयाँ, मट्टितेलमा सात रुपैयाँ ५० पैसा, हवाई इन्धनमा ८ रुपैयाँ ५० पैसा मूल्य बढ्ने छ।

आज साँझ पाँच बजे आयल निगम सञ्चालक समितिको बैठक बस्दैछ। उक्त बैठकले पेट्रोलियम पदार्थको मूल्य घटबढको निर्णय गर्नेछ। बढेको तथा घटेको मूल्य आज रातिदेखि लागू हुनेछ।

प्रकाशित: १६ साउन २०८० १४:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =