बढ्यो पेट्रोल र डिजेलको मूल्य

हिमाल प्रेस २३ माघ २०७९ २१:२८
14
SHARES
बढ्यो पेट्रोल र डिजेलको मूल्य फाइल तस्बिर।

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगमलाई घाटा रहेकाले पेट्रोल र डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

यससँगै डिजेल र पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ। नयाँ मूल्य सोमबार मध्यरातदेखि लागू हुनेछ।

निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको केही दिनमा पेट्रोल र डिजेलको मूल्य घटाइएको थियो।

प्रकाशित: २३ माघ २०७९ २१:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =