सूर्यविनायक-धुलिखेल सडक विस्तार धमाधम [तस्बिरहरू]

दिपेश श्रेष्ठ ११ वैशाख २०८१ १२:०६
3.2k
SHARES
सूर्यविनायक-धुलिखेल सडक विस्तार धमाधम [तस्बिरहरू]

भक्तपुर– अरनिको राजमार्गमा पर्ने सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तार भइरहेको छ। उक्त सडक निर्माण तीन वर्षमा सक्ने गरी २०७९ फागुन १६ देखि निर्माण थालिएको हो। अरनिको राजमार्ग विस्तार (माइतीघर-सूर्यविनायक) को २५ वर्षपछि साढे १५ किलोमिटर लामो सूर्यविनायक-धुलिखेल सडकखण्ड चार लेनमा विस्तार थालिएको हो।

विस्तारका लागि अहिले धुलिखेलसम्म सडकछेउमा पर्खाल निर्माण जारी छ। विभिन्न स्थानमा कल्भर्ट निर्माणका साथै पर्खाल निर्माण भइरहेको छ। केही ठाउँमा माटो भर्ने र सम्याउने काम पनि भइरहेको छ।

यो सडक दुई चरणमा ठेक्का लागेको छ। पहिलो चरणमा साँगा-धुलिखेल खण्डको ८.४ किमि सडकका लागि चार अर्ब पाँच करोड ६४ लाखको सम्झौता भएको छ। यसैगरी दोस्रो चरणमा सूर्यविनायक-साँगा खण्डको सडक विस्तार गर्न तीन अर्ब ८८ करोड ९३ लाखको सम्झौता भएको सडक विभागले जनाएको छ।

 

प्रकाशित: ११ वैशाख २०८१ १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =