आईपीएल : मुम्बईमाथि कोलकाताको जित

हिमाल प्रेस २२ वैशाख २०८१ ७:३४
12
SHARES
आईपीएल : मुम्बईमाथि कोलकाताको जित

काठमाडौँ- कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सविरुद्ध जित निकालेको छ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकाताले मुम्बईलाई २४ रनले पराजित गरेको हो।

१७० रनको लक्ष्य प्रस्तुत गरेको कोलकाताले १८.५ ओभरमा मुम्बईलाई अल आउट गरी नतिजा आफ्नो पक्षमा पारेको हो।

त्यस क्रममा कोलकाताका मिचेल स्टार्कले ४ विकेट लिए। वरुण चक्रवर्थी, सुनिल नारायण र आन्द्रे रसेलले २र२ विकेट लिए। कोलकाताको कसिलो बलिङमा ओपनरद्वय इशान किसन १३ रनमा र रोहित शर्मा ११ रनमा आउट भए।

नमन धीर ११ रनमा, तिलक वर्मा ४ रनमा, नेहाल वाधेरा ६ रनमा, कप्तान हार्दिक पाण्ड्या १ रनमा, जेराल्ड कोत्जी ८ रनमा र पियुश चावला शून्य रनमा आउट भए।

सूर्यकुमार यादवले अर्धशतक प्रहार गरी सर्वाधिक ५६ रन जोडेका थिए। उनले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गरे। पहिले ब्याटिङ गरेको कोलकाताले अन्तिम ओभरको पाँचौं बलमा अल आउट हुँदै १६९ रन बनाएको थियो।

त्यस क्रममा वेंकटेश ऐयरले सर्वाधिक ७० रन बनाए। उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। मनिश पाण्डेले ३१ बलमा २ चौका र २ छक्का प्रहार गरी ४२ रन बनाए।

कोलकाताका अन्य ब्याटर पनि सस्तोमै आउट हुन पुगेका थिए। ओपनर फिल सल्ट ५ रन, सुनिल नारायण ८ रन, अंक्रिश रघुवंशी १३ रन, कप्तान श्रीयाश ऐयर ६ रन, रिंकु सिंह ९ रन, आन्द्रे रसेल ७ रन, रमनदिप सिंह २ रन र मिचेल स्टार्क शून्य रनमा बनाएर आउट भएका थिए।

बलिङतर्फ मुम्बईका नुवन थुशारा र जसप्रित बुमराहले ३र३ विकेट लिँदा हार्दिक पाण्ड्याले २ र पियुश चावलाले १ विकेट लिए।

१० खेलबाट १४ अंक जोडेको कोलकाता तालिकाको दोस्रो स्थानमा छ भने ११ खेल खेलेको मुम्बई ६ अंक जोडेर नवौं स्थानमा छ।

प्रकाशित: २२ वैशाख २०८१ ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =