आईपीएल : कोलकातासँग दिल्लीको फराकिलो हार

हिमाल प्रेस २२ चैत २०८० ७:२३
10
SHARES
आईपीएल : कोलकातासँग दिल्लीको फराकिलो हार

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटलमाथि १०६ रनको जित निकालेको छ।

कोलकाताले दिएको २७३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभर २ बलमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टन स्टुबसले ५४ रन बनाए। डेबिड वार्नरले १८ र पृथ्वी शाहले १० रन मात्रै बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

कोलकाताका लागि वरुण चक्रवर्ती र वैभव अरोराले समान ३-३ विकेट लिए। यस्तै मिचेल स्टार्कले २ विकेट लिए भने आन्द्रे रशल र सुनिल नरिनले समान १-१ विकेट लिए।

त्यसअधि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो।

कोलकाताका सुनीलले सर्वाधिक ८५ रन बनाए। यस्तै अंगकृष रघुवंशीले ५४, आन्द्रे रसेलले ४१, रिन्कु सिंहले २६, बनाए। फिल साल्ट र श्रेयस य्यरले समान १८-१८ रन बनाए।

दिल्लीका लागि अनरिख नार्खिऐले सर्वाधिक ३ विकेट लिए। यस्तै इशान्त शर्माले २ विकेट लिए भने खलील अहमद र मिचेल मार्शले समान १-१ विकेट लिए।

प्रतियोगितामा आज पञ्जाव किङ्स र गुजरात टाइटन्सबीच खेल हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =