आईपीएल : डिफेन्डिङ च्याम्पियन चेन्नाई बाहिरिँदा बैंगलुरु ‘प्लेअफ’मा

हिमाल प्रेस ६ जेठ २०८१ ७:०२
14
SHARES
आईपीएल : डिफेन्डिङ च्याम्पियन चेन्नाई बाहिरिँदा बैंगलुरु ‘प्लेअफ’मा

काठमाडौँ- चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बैंगलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ पुगेको छ।

लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो। बेंगलुरुले प्लेअफमा पुग्न चेन्नाईलाई १८ रनको जित आवश्यक पर्थ्यो। तर चेन्नाईमाथि हाबी हुँदै बैंगलुरुले २७ रनको जित निकाल्यो।

पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै अंक तालिकाको‌ चौथो स्थानमा रहन सफल भयो ।

आरसीबीले २ सय १९ रनको लक्ष्य पस्किए पनि चेन्नाईका लागि नेट रनरेटका आधारमा अघि रहि प्लेअफमा पुग्न २ सय १ रन पर्याप्त रहेको थियो।

चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९१ रन मात्र बनाउन सक्यो। चेन्नाईका लागि ओपनर रचिन्ल रवीन्द्रले ३७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रन बनाए।

रवीन्द्र जडेजा २२ बलमा ४२ रन बनाएर अविजित रहेपनि टोलीलाई पार लगाउन भने सकेनन्। अजिङ्क्या राहानेले ३३ रन बनाए भने महेन्द्र सिंह धोनीले २५ रन बनाएका थिए।

आरसीबीको जितमा यश दयालले २ विकेट लिँदा ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले १-१ विकेट लिए।

त्यसअघि आरसीबीले टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन जोड्यो। आरसीबीका लागि कप्तान फ्याफ डु प्लेसिसले ३९ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रन जोडे।

विराट कोहलीले २९ बलमा ३ चौका र ४ छक्का सहित ४७ रन बनाए । रजत पतिडरले २३ बलमा ४१ रन बनाए। क्यामरन ग्रीन १७ बलमा ३८ रन बनाएर नटआउट रहे। ग्लेन म्याक्सवेलले १६ तथा दिनेश कार्तिकले १४ रन बनाए ।

चेन्नाईका लागि शार्दुल ठाकुरले २ तथा तुशार देशपाण्डे र मिचेल स्यान्टनरले १-१ विकेट लिए ।

राउण्ड रोबिन चरणमा कोलकत्ता १ खेल बाँकी रहँदै १९ अंक सहित शीर्ष हुने पक्का भइसकेको छ। दोस्रो स्थानका लागि १६ अंक रहेको राजस्थान रोयल्स र १५ अंक रहेको सनराईजर्स हैदराबाद प्रयासरत छन्।हैदराबादले पञ्जाबको र राजस्थानले कोलकत्ताको सामना गर्नेछ।

आईपीएलमा पहिलो क्वालिफायर १ मा फाइनल प्रवेशका लागि कोलकत्ता नाईट राइडर्स र दोस्रो स्थानमा रहने टोली भिड्ने छन्।

मंगलबार एलिमिनेटरमा आरसीबी र तेस्रो स्थानमा रहने टोली भिड्ने छन्। सो खेलको विजेताले क्वालिफायर १ मा हार बेहोर्ने टोली विरुद्ध फाइनल प्रवेशका लागि खेल्नेछ।

प्रकाशित: ६ जेठ २०८१ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =