मूल्य बढ्ने भएपछि पेट्रोल पम्पले घटाए बिक्री

हिमाल प्रेस १६ साउन २०८० २०:२६
8
SHARES
मूल्य बढ्ने भएपछि पेट्रोल पम्पले घटाए बिक्री

काठमाडौँ- इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाली पम्पले बिक्री परिमाण घटाएका छन्। नेपाल आयल निगमले मंगलबार दिउँसै पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको सूचना चुहाएसँगै पम्पले बिक्री परिमाण घटाएका हुन्।

निगमले मंगलबार पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको र खाना पकाउने एलपी ग्यासको मूल्य घटेर आएको सूचना चुहाएको थियो। सोसँगै पेट्रोल तथा डिजेल मूल्य बढ्नु अघि नै खरिद गरेर व्यवसायीले भण्डारण गरेका छन्। भण्डारण गरे पनि उपभोक्ताले मागजति दिइरहेका छैनन्।

हरि गजुरेलले फेसबुकमा जयाकुमारी इन्टरप्राइजेज पम्पले मागअनुसार पेट्रोल नदिएको उल्लेख गरेका छन्। उनले १० लिटर पेट्रोल माग्दा ६ लिटर मात्रै दिएको र सोभन्दा बढी दिन नमिल्ने बताएको फेसबुकमा उल्लेख गरेका छन्।

हरि गजुरेलकाे फेसबुकबाट

सोह्रखुट्टेमा रहेको पेट्रोल पम्पले बढेको मूल्यअनुसार बिक्री गर्ने भन्दै उपभोक्ताले मागजति पेट्रोल डिजल दिन नमानेको उनको फेसबुक स्ट्याटसबाट देखिन्छ।

खाना पकाउने ग्यासको मूल्य सिलिन्डरमै सय रुपैयाँ घट्दै, डिजेल र पेट्रोल बढ्दै

प्रकाशित: १६ साउन २०८० २०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =