श्रीमान्‌ले श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाए, छोरीले आगो निभाएर पुर्‍याइन् अस्पताल

हिमाल प्रेस २७ साउन २०८३ १०:५९ | Wednesday, August 12, 2026
14
SHARES
श्रीमान्‌ले श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाए, छोरीले आगो निभाएर पुर्‍याइन् अस्पताल तस्बिर : एआई निर्मित

सुर्खेत- श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने  श्रीमान्‌लाई पक्राउ गरिएको छ। भेरीगंगा नगरपालिका-१३ सुर्खेत रामघाट निवासी ५० वर्षीय महेश्वरी रानालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उनका श्रीमान् ४९ वर्षीय जयबहादुर रानालाई नेपाल प्रहरीले पक्राउ गरेको हो।

मंगलबार बेलुका ५:०० बजे शरीरमा पेट्रोल छरी आगो सल्काएको अवस्थामा १८ वर्षीया छोरी पुष्पा रानाले आमाको शरीरमा लागेको आगो निभाएकी हुन्। तत्काल शरीरको आगो निभेपछि छोरी पुष्पाले आमाको उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत पुर्‍याएकी थिइन्।

अनुहार, घाँटी र शरीरको विभिन्न भागमा करिब ३६ प्रतिशत जलेको अवस्थामा रानालाई अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए।

उनका अनुसार महेश्वरीलाई थप उपचारका लागि मंगलबार नेपालगन्ज सिफारिस गरिएको र त्यहाँ पनि सम्भव नहुने देखिएपछि राति ११ः३० बजे भारतको लखनउ रेफर गरिएको छ। रासस

प्रकाशित: २७ साउन २०८३ १०:५९ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast