श्रद्धा र उल्लासका साथ मनाइँदै छठ (तस्बिरहरू)

हिमाल प्रेस २९ कार्तिक २०८३ १९:०२ | Sunday, November 15, 2026
श्रद्धा र उल्लासका साथ मनाइँदै छठ (तस्बिरहरू)

काठमाडौँ- देशभर आइतबार छठ पर्वको रौनक छाएको छ। तराई-मधेसदेखि पहाडी जिल्लासम्मका नदी, ताल तथा जलाशय किनारमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।

व्रतालुहरूले परम्परागत विधिअनुसार पूजा सामग्री, फलफूल र विभिन्न परिकार सजाएर अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाएका छन्।

कपिलवस्तुको तौलिहवा, दमौलीको मादी नदीलगायत विभिन्न स्थानमा भक्तजनले भक्तिभावपूर्वक सूर्यको आराधना गरेका छन्।

पछिल्लो समय तराई-मधेसमा मात्र सीमित नरही पहाडी समुदायमा समेत लोकप्रिय बन्दै गएको छठले धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिएको छ।

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै भोलि बिहान यस वर्षको छठ पर्व समापन हुनेछ।

तस्बिरहरू

 

प्रकाशित: २९ कार्तिक २०८३ १९:०२ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast