नेकपा एकीकृत समाजवादीले भन्यो : पार्टी एक ढिक्का छ, फुट्ने हल्लाहरू निराधार हुन्

हिमाल प्रेस २५ वैशाख २०८१ १९:०४
16
SHARES
नेकपा एकीकृत समाजवादीले भन्यो : पार्टी एक ढिक्का छ, फुट्ने हल्लाहरू निराधार हुन्

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागिताका विषयमा पार्टीले अन्य कुनै निर्णय नगरेको स्पष्ट पारेको छ। पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी निरन्तर सरकारमा रहेकाले बाहिर आएका हल्लाहरू निराधार रहेको दाबी गरे।

बैठकले विकसित भएका पछिल्ला राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिँदै जिम्मेवारीपूर्वक आफ्ना कदमलाई अघि बढाउने निष्कर्ष निकालेको प्रवक्ता खतिवडाले जानकारी दिए। बैठकले सरकारको नीति तथा कार्यक्रमका साथै बजेटको निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय दललाई निर्देशनसमेत दिएको प्रवक्ता खतिवडाले बताए।

उनका अनुसार बैठकमा पार्टीका विषयमा चलेका चर्चाहरूबारे पनि छलफल भएको थियो। उनले पार्टी एक ढिक्का रहेको र पार्टीमा कुनै समस्या नरहेको विषयमा प्रस्ट रहेको दाबी पनि गरे। बैठकले महाधिवेशन तयारीका लागि आवश्यक जोडिएका कामहरू प्रभावकारी ढंगले पूरा गर्न पार्टीका सबै कमिटीहरूलाई निर्देशनसमेत दिएको छ।

प्रकाशित: २५ वैशाख २०८१ १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =