रसियनहरूले गरे लुम्बिनीमा शान्तिको कामना (तस्बिरहरू)

विनोद परियार २५ वैशाख २०८१ २०:१५
40
SHARES
रसियनहरूले गरे लुम्बिनीमा शान्तिको कामना (तस्बिरहरू)

लुम्बिनी- विश्वकै ठूलो देश रुसबाट बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटन निकै कम छन्। तर पछिल्लो वर्षमा रुस-युक्रेन युद्ध भएसँगै शान्तिको मार्ग खोज्दै बुद्धजन्मस्थल लुम्बिनी आउने क्रम विस्तारै बढ्दै छ। विश्वस्तरमा प्रचारप्रसारको अभाव तथा लुम्बिनीसँग जोड्ने माध्यमको कमीले पनि रसियनहरू लुम्बिनी आउन नसकेका हुन्।

मंगलबार लुम्बिनीमा रसियन बुद्धिष्ट ओलिग बर्तुनोभको परिवारले शान्तिको कामना गर्दै प्रार्थना गरेका छन्। रसियाको बौद्ध सम्प्रदाय बाहुल्य राज्य कालमिकका नागरिक बर्चुनोभले लुम्बिनी गुरुयोजना क्षेत्रअन्तर्गत लुम्बिनी प्लाजामा तयार पारेको बगैँचामा तयार पारिएको चैत्यको प्राण प्रतिष्ठान एवं बौद्ध परम्परा अनुसारको पाठमा शान्तिको कामनासहित प्रार्थना गरेका हुन्। उनी सहित उनका परिवारले लामा पहिरन लगाएर पाठ तथा प्रार्थना गरेका थिए।

रुस-युक्रेन युद्धबाट शान्ति खोज्दै बुद्धजन्मस्थल लुम्बिनीमा बर्चुनोभ सहितको बौद्ध सम्प्रदायले सहयोगसमेत गरेका हुन्। रसियन खेन्पो एवं रसियन केन्द्रीय बौद्ध आध्यात्मिक प्रशासनका अध्यक्ष गेसे योङतेन सहित नेपालका लामा गुरुहरुको उपस्थितिमा लुम्बिनी प्लाजामा रहेको चैत्यमा प्राण प्रतिष्ठान पाठ र विश्व शान्तिको कामना गरिएको थियो।

उक्त अवसरमा लुम्बिनी विकास कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कोषका बोर्ड सदस्य राजेश शाक्य पूजा तथा पाठमा सरिक भए। लुम्बिनी गुरुयोजना क्षेत्रलाई सौन्दर्यकरण गर्दै बौद्धमय बनाउनका लागि रसियन बौद्ध सम्प्रदायको सहयोग विश्वशान्तिका लागि उदाहरणीय कार्य भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए।

रसियन बुद्धिष्ट ओलिग बर्तुनोभले आफू बुद्धजन्मस्थलमा आएर बौद्ध सम्प्रदायको आस्थामा एउटा भए पनि इँटा थप्न पाएकोमा खुसी व्यक्त गरे। संख्यात्मक हिसाबले रुसबाट लुम्बिनी आउने संख्या निकै न्यून छ।

सन् २०२३ मा ७६ हजार विदेशी पर्यटकमध्ये ४ सय ९९ जना रुसबाट लुम्बिनी आएको तथ्यांक छ। सन् २०२४ को तीन महिनामा २०४ पुगेको छ।

प्रकाशित: २५ वैशाख २०८१ २०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =