लुम्बिनी प्रदेशमा संसदीय समितिले पायाे नेतृत्व

हिमाल प्रेस ५ वैशाख २०८१ १५:५८
10
SHARES
लुम्बिनी प्रदेशमा संसदीय समितिले पायाे नेतृत्व

लुम्बिनी- लुम्बिनी प्रदेशसभा संसदीय समितिले १७ महिनापछि नेतृत्व पाएकाे छ। सात वटा संसदीय समितिको सभापतlमा प्रमुखमा तीन राजनीतिक दलहरूले भागबन्डा गरेर नेतृत्व चयन गरेको हुन्।

जस अन्तर्गत प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेलाई ३, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई २/२ वटा समितिको नेतृत्व पाएका छन्। भौतिक पूर्वाधार विकास समितिको सभापतिमा एमालेका अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ (२) का सांसद रामजीप्रसाद घिमिरे रहेका छन्।

यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा पाल्पा निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित एमालेका राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिको सभापतिमा बाँकेकी नेपाली कांग्रेसकी सांसद माया पुन र विशेष अधिकार समितिको सभापतिमा कपिलवस्तुका एमाले सांसद गिरीधारीलाल न्यौपाने रहेका छन्।

यस्तै प्रदेश मामिला तथा कानून समितिको सभापतिमा माओवादीबाट रुकुम पूर्वकी सांसद दिलकुमारी बुढा, सामाजिक विकास समितिको सभापतिमा माओवादीकै गुल्मीका सांसद यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिको सभापतिमा कांग्रेसका नवलपरासी निर्वाचन क्षेत्र नम्बर १(१) का सांसद विश्वप्रेम पाठक चयन भएका छन्।

६ वटा विषयगत समिति भए पनि दलहरूले छलफल गरी विशेष अधिकार समितिको माग भएकाले त्यसको पनि यस पटकदेखि नयाँ व्यवस्था गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। समितिका सदस्यहरू यस अघि नै टुंगो लागिसकेको छ। सभापतिहरूले बुधबार पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।

प्रकाशित: ५ वैशाख २०८१ १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 12 =