अस्पतालमा पड्कियो अक्सिजन सिलिन्डर, बिरामी बालकको मृत्यु

हिमाल प्रेस २८ असार २०८० २१:००
22
SHARES
अस्पतालमा पड्कियो अक्सिजन सिलिन्डर, बिरामी बालकको मृत्यु

दाङ- अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-३ का १० वर्षीय बालक आक्रोश नेपालीको आज (बिहीबार मृत्यु भएको हो।

एमआरआई गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालकको ज्यान गएको आफन्तले दाबी गरेका छन्। सामान्य अवस्थाको बिरामी अस्पतालको गम्भीर लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका छन्।

अस्पतालको लापरबाहीका कारण बालकको ज्यान गएको भन्दै आफन्तले दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रतिष्ठानका उपकुलपतिको कार्यालय र अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन्।

यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा‍‍. रमेश कँडेलले यसलाई भवितब्य घटना भनेका छन्। कुनै पनि बिरामीलाई निको पारेर घर पठाउने जिम्मेवारी आफूहरूको भए पनि कहिलेकाहीँ यस्ता घटना हुने गरेकामा आफू दुःखी भएको प्रतिक्रिया दिए। रासस

प्रकाशित: २८ असार २०८० २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 19 =