थ्रेसरमा च्यापिँदा कञ्चनपुरमा एक महिलाको मृत्यु

हिमाल प्रेस २ वैशाख २०८१ १९:५७
36
SHARES
थ्रेसरमा च्यापिँदा कञ्चनपुरमा एक महिलाको मृत्यु प्रतीकात्मक तस्बिर।

महेन्द्रनगर (कञ्चनपुर)- कञ्चनपुरको भीमदत्त नगरपालिकामा आज (आइतबार) थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले गहुँ झार्ने क्रममा थ्रेसरमा च्यापिएर भीमदत्त-९ का ४२ वर्षीया कौशादेवी जोशीको मृत्यु भएको जानकारी दिए। घटनापछि प्रहरीले ट्र्याक्टर र चालक पारस कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

महिलाको शव परीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जोशीले जानकारी दिए।

प्रकाशित: २ वैशाख २०८१ १९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =