गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

हिमाल प्रेस २७ चैत २०८० १९:३७
26
SHARES
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

मध्यविन्दु (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

कावासोती नगरपालिका-१०, रतवल निवासी ९० वर्षीय जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए।

कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा आज (मंगलबार) दिउँसो १ बजेतिर गैँडाले आक्रमण गर्दा गम्भीर घाइते भएकी महतोको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ चैत २०८० १९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =