विज्ञान प्रकृतिकै नियममा चलेको हुन्छ : केपी ओली

हिमाल प्रेस २० जेठ २०८० १४:०४
8
SHARES
विज्ञान प्रकृतिकै नियममा चलेको हुन्छ : केपी ओली फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विज्ञान प्रकृतिकै नियममा चल्ने बताएका छन्। काठमाडौँमा शनिबार आयोजित एमालेको विज्ञान तथा प्रविधि विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कृषि उत्पादनका लागि रासायनिक मलको प्रयोग गरे पनि अहिले त्यही नै मानवको स्वास्थ्यका लागि खराबी हुन थालेको उनको भनाइ छ।

‘विज्ञानले आफैं उत्पादनका निम्ति केही गर्दैन। त्यसलाई प्रविधिमा रूपान्तरण गरेपछि मात्र गति र समार्थ्य वृद्धि हुन्छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने,’ विज्ञान प्रकृतिभन्दा टाढा हुँदैन। विज्ञान प्रकृतिकै नियममा आधारित हुन्छ।’

उत्पादन वृद्धि गर्नका लागि विज्ञानले रासायनिक मल ल्याए पनि अहिले त्यही नै मानवको लागि हितकर नभएपछि विज्ञानले अरू विकल्प खोल्न थालेको उनले जनाए।

प्रकृतिमा रहेका यथार्थ नियम नै विज्ञान रहेको बताउँदै उनले विज्ञानका नियमअनुसार प्रविधिको विकास उल्लेख गरे।

‘हामी जब साइन्सको कुरा गर्छौं त्यो साइन्टीफिक हुन्छ। टक्नोलोजी बनाएर हामीले विज्ञानको प्रयोग गर्छौं,’ उनले भने, ‘विज्ञान आफैं कम्प्युटर हुँदैन, कम्प्युटरमा विज्ञानलाई रूपान्तरण गरेको हुन्छ, साइन्सलाई रूपान्तरणमा लानका लागि आविष्कार चाहिन्छ।’

१७–१८ प्रतिशत जनता अझै गरिबीको रेखामुनि रहेको भन्दै उनले ती जनताले विकासबारे सोच्न नसक्ने र आफ्नो पेटको बारेमा मात्र सोच्ने हुँदा यस्तो वर्गको विकासबाट नै देशको वास्तविक विकास हुने बताए।

प्रकाशित: २० जेठ २०८० १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =