हाहा र हुहु गरेकै भरमा मान्छेहरू मन्त्री भएका छन् : केपी ओली

हिमाल प्रेस २४ वैशाख २०८१ १८:४४
32
SHARES
हाहा र हुहु गरेकै भरमा मान्छेहरू मन्त्री भएका छन् : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाहा र हुहु गर्नेहरू पनि अहिले मन्त्री भएको टिप्पणी गरेका छन्। सोमबार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा उनले यस्ताे बताएका हुन्।

ओलीले संसदमा कसैको पनि बहुमत नभएकाले हाहा र हुहु गर्नेहरूले पनि गठबन्धन मिलाउने क्रममा मन्त्री हुने मौका पाउने अवस्था आएको पनि स्पष्ट पारे। त्यागको अवमूल्यन र अपमान गर्ने भुइँफुट्टा प्रवृत्ति मुलुकमा देखापरेको उल्लेख गर्दै ओलीले त्यस्ता प्रवृत्ति बेलाबेलामा प्रकट भए पनि धेरै टिक्न नसक्ने बताए।

अध्यक्ष ओलीले एमालेले आफूलाई राष्ट्रिय निर्णायक शक्तिको रूपमा उभ्याउन चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गरे।

प्रकाशित: २४ वैशाख २०८१ १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =