एमालेमा गुट बनाउने छुट छैन : केपी ओली

हिमाल प्रेस २६ वैशाख २०८१ १७:५७
18
SHARES
एमालेमा गुट बनाउने छुट छैन : केपी ओली फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी गर्न नपाइने बताएका छन्। कपिलवस्तुमा बुधबार आयाेजित कार्यक्रममा ओलीले एमालेभित्र गुटबन्दी नचल्ने बताए। जिल्ला अधिवेशनहरूमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलकाे समूहबीच प्रतिस्पर्धा भइरहेकाे छ। तर, ओलीले भने गुटबन्दीले पार्टीलाई क्षति मात्रै गर्ने बताए।

अध्यक्ष ओलीले नेतृत्वको लागि माथिबाट कसैलाई केही आस भरोसा नदिइएको प्रस्ट पारे। ‘माथिबाट कसैको कसैलाई समर्थन वा विरोध हुँदैन। जसले सहमतिमा टुङ्गाउँछ वा जसले बढी भोट ल्याउँछ उसैलाई समर्थन हुन्छ, तर जित्नेले कुनै घमन्ड गर्न पाउने छैन,’ ओलीले भने।

प्रकाशित: २६ वैशाख २०८१ १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − thirteen =