कांग्रेसलाई ओलीको जवाफ : रविको विषयमा रविले जवाफ दिन पाउनुपर्छ, अर्घेल्याइँ गर्नुहुँदैन

हिमाल प्रेस २८ वैशाख २०८१ १३:४३
22
SHARES
कांग्रेसलाई ओलीको जवाफ : रविको विषयमा रविले जवाफ दिन पाउनुपर्छ, अर्घेल्याइँ गर्नुहुँदैन

काठमाडाैँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको सदनमा नेपाली कांग्रेसले के गर्छ भन्ने हेरिने बताएका छन्। शुक्रबार बसेकाे पार्टीकाे संसदीय दलको बैठकमा उनले अघिल्लो बैठकमा कांग्रेस रन्थनिएको बताए।

‘आज नेपाली कांग्रेसले के गर्छ, हेर्नुपर्नेछ। योभन्दा अघिल्लो अधिवेशन नेपाली कांग्रेस अत्यन्तै रन्थनियो। के गर्ने नगर्ने। प्रधानमन्त्री भइदिऊ भनेर यहाँ पनि पुगेको छ, उहाँ पनि पुगेको छ,’ ओलीले भने।

उनले सदनमा प्रश्न उठेपछि गृहमन्त्री रवि लामिछानेले जवाफ दिन्छु भन्दा बोल्न नदिएको बताए। ‘सदनमा प्रश्न उठेपछि, नेपाली कांग्रेस जतिको पार्टीले प्रश्न उठाएपछि म सदनमा बोल्छु भन्नुभयो। कांग्रेसले बोल्न दिएन। आरोप लगाउने बोल्न नदिने,’ उनले भने।

ओलीले बोल्न नदिएर जग हसाइ गरेको बताए। उनले प्रमुख पार्टीको छलफलमा आफूले प्रश्न उठाएर जवाफ दिन नपाउने भन्ने नमिल्ने बताएको सुनाए।

‘रविमाथि उठेका कुरा रविले दिन नपाउने भन्ने हाेइन। हामी कसैको पक्षमा छैनौँ। कांग्रेले अर्घेल्याइँ गर्नु हुँदैन। हामी गर्दैनौँ।,’ उनले भने, ‘अलोकतान्त्रिक गर्दैनौँ लोकतान्त्रिक अभ्यास गर्छौँ। त्य बोल्छौँ असत्य बोल्दैनौँ।’

कांग्रेसले भने जस्तो संसदीय समिति बनाए तत्काल राजीनामा माग्ने ओलीको दाबी छ। ‘हामीले रविजीको राजिनामा मागेका छैनौं भन्नु भएको छ। अहिले समिति बनिसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ?’ उनले भने, ‘छानबिन समिति बनाएलगतै राजीनामाको खेल सुरु गर्नु हुन्छ।’

प्रकाशित: २८ वैशाख २०८१ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =