एनसेलको सहकार्यमा ‘सेप साउथ एसिया’ आयोजना

हिमाल प्रेस ५ जेठ २०८० १८:३८
6
SHARES
एनसेलको सहकार्यमा ‘सेप साउथ एसिया’ आयोजना

काठमाडौँ– ग्लोबल सेपर्स कम्युनिटी काठमाडौँले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा ‘सेप साउथ एसिया २०२३’ आयोजना गरेको छ। जलवायु परिवर्तन न्यूनीकरणको उद्देश्य राखिएको सम्मेलन शुक्रबार सुरु भएको हो। सम्मेलन ७ गतेसम्म चल्नेछ।

तीन दिने सम्मेलनमा दक्षिण एसियासहित १४ देशका १२० भन्दा बढी युवा सहभागी छन्। ‘सेपिङ क्लाइमेट रेजिलियन्सी टुवार्डस् अ ग्रेट हिमालयन फ्युचर फर अल’ भन्ने नाराका साथ सम्मेलन भइरहेको छ।

सम्मलेनमा सहभागीहरूले जलवायु परिवर्तनका प्रतिकूल प्रभाव न्यूनीकरणका नवीन र लागू गर्न सकिने विभिन्न समाधानका उपाय प्रस्तुत गर्नेछन्।

एनसेल आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गत जलवायु परिवर्तनको समस्या समाधानमा सहयोग गर्ने उद्देश्य अनुरूप प्रमुख सहयोगीको रूपमा सम्मेलनमा आवद्ध भएको छ। एनसेलका कार्यकारी प्रमुख जाब्बोर कायुमोभले जलवायु परिवर्तनका प्रतिकूल प्रभाव न्यूनीकरणमा सम्मेलन सहयोगी बन्ने विश्वास व्यक्त गरे।

सम्मेलनको प्रमुख सहयोगीमा एनसेल, स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी), सेक्युरिटीपाल, कोकाकोला ग्लोबल, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड), नबिल बैंक आदि रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + ten =