प्रधानमन्त्री भन्छन् : एउटी छोरी छ त्यसलाई जोडेर सिस्टममाथि हमला गरिँदैछ

हिमाल प्रेस ३ पुष २०८० १५:०६
22
SHARES
प्रधानमन्त्री भन्छन् : एउटी छोरी छ त्यसलाई जोडेर सिस्टममाथि हमला गरिँदैछ राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललगायत विभिन्न विषयमा आफ्नो परिवारको सदस्यको नाम जोडेर अनावश्यक प्रहार गरिएको बताएका छन्। आज मंगलबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा सांसदहरूको प्रश्नको जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन्।

‘परिवारको सदस्य घट्दै गएर तीन जना भएका छौँ। एउटा छोरी छ, उसलाई जोडेर अनेक कुरा उचालेको छ। यो सिष्टममाथिको हमला हो,’ उनले भने, ‘प्रचण्डलाई डिप्रेस नबनाएसम्म सिष्टम उल्टिदैन भन्ने छ।’

दाहालले एनसेलको ८० प्रतिशत शेयर खरिद गरेका सतिशलाल आचार्यलाई आफूसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत चिनेको उनको भनाइ छ।

उनले भने, ‘मेरो श्रीमती बिरामी हुँदा सिंगापुर गएको हो, बसेको छु। केपी पनि बस्नु भएको छ। शेरबहादुर पनि बस्नु भएको छ। तर यसको अर्थ उसले जे गर्छ, छुट दिने होइन। राष्ट्रको निमित्त हामी एक छौँ।’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायतले गंगा दाहालमाथि विभिन्न आरोप लगाउँदै ‘हमला’ गरेको उनको भनाइ थियो। गंगा प्रधानमन्त्री दाहालकी कान्छी छोरी तथा स्वकीय सचिव पनि हुन्।

संसदीय समितिमा प्रधानमन्त्रीलाई प्रश्न : एनसेल खरिदबिक्री प्रकरणमा तपाईँकै परिवार संलग्न हो?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =