एनसेल खरिदबिक्री प्रकरणबारे जवाफ दिन प्रधानमन्त्री पुगे संसदीय समिति

हिमाल प्रेस ३ पुष २०८० १२:३३
4
SHARES
एनसेल खरिदबिक्री प्रकरणबारे जवाफ दिन प्रधानमन्त्री पुगे संसदीय समिति

काठमाडौँ- दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद-बिक्री प्रकरणबारे जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल संसदीय समितिमा उपस्थित भएका छन्। एनसेल सेयर खरिदबिक्रीको विषयमा विभिन्न टिकाटिप्पणी भएपछि संसद्को राज्य व्यवस्था समितिले प्रधानमन्त्रीसँग जवाफ मागेसँगै उनी उपस्थित भएका हुन्।

एनसेलको ८० प्रतिशत शेयर रहेको रेनोल्ड होल्डिङ्स कम्पनीको स्वामित्व मलेसियाको आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको थियो। उक्त किनबेचको पारदर्शीतालाई लिएर सरकारमाथि पनि प्रश्न उठिरहेको छ।

एनसेलको शेयर खरिद-बिक्री प्रकरणमा सरकारकै उच्च नेतृत्वमाथि प्रश्न उठिरहेको छ। सत्ता र प्रतिपक्षीसमेतले प्रश्न उठाइरहेका बेला प्रधानमन्त्री संसदीय समितिमा उपस्थित भएका हुन्। समितिमा सांसदहरूले दाहालसँग एनसेल खरिदबिक्रीमा भएको आशंकाको विषयमा प्रश्न सोध्नेछन्।

प्रकाशित: ३ पुष २०८० १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =