परराष्ट्रमन्त्री साउद लन्डनमा

हिमाल प्रेस २२ वैशाख २०८० ७:४५
6
SHARES
परराष्ट्रमन्त्री साउद लन्डनमा

लन्डन- परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लन्डन आइपुगेका छन्।  मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासका अधिकारीलगायतले लन्डनको हिथ्रो विमानस्थलको अति विशिष्ट कक्ष विन्सर स्विटमा स्वागत गरेका थिए।

लन्डनस्थित नेपाली दूतावासका अनुसार परराष्ट्रमन्त्री साउदले शुक्रबार बकिङ्घम दरबारमा विदेशी प्रतिनिधिको सम्मानमा आयोजना गरिएको राजा चाल्र्सको स्वागत समारोह र वैशाख २३ गते वेस्टमिन्स्टर एब्बेमा राज्याभिषेक समारोहमा भाग लिने कार्यक्रम छ।

मन्त्री साउदले बेलायत भ्रमणका क्रममा केही औपचारिक भेटघाट गर्ने कार्यक्रमका साथै बेलायतमा रहेका नेपालीसँग अन्तरक्रिया कार्यक्रमसमेत गर्ने रहेको बताइएको छ। परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कनेछन्। -रासस

बेलायती राष्ट्राध्यक्षको राज्याभिषेकमा नेपाल सहभागिताको इतिवृत्त

प्रकाशित: २२ वैशाख २०८० ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =