बालुवाटारमा सत्ता गठबन्धन बैठक : मन्त्रिपरिषद्‌लाई पूर्णता दिनेबारे छलफल

हिमाल प्रेस २० वैशाख २०८० १६:५६
42
SHARES
बालुवाटारमा सत्ता गठबन्धन बैठक : मन्त्रिपरिषद्‌लाई पूर्णता दिनेबारे छलफल

काठमाडौँ- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक जारी छ। आजको बैठकमा मन्त्रिपरिषद्‌लाई पूर्णता दिनेबारे र अन्य समसामयीक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

सत्ता गठबन्धन दलका विवादको कारणले प्रधानमन्त्रीले आठ पटक मन्त्रिपरिषद् विस्तार गर्दा समेत सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई स्थिरता दिने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई सरकारमा सामेल गराउने पक्षमा छन्। रास्वपाले यसअघि पाएका गृहसहितका मन्त्रालय पाएमात्रै सरकारमा आउने बताइरहेको छ। रास्वपाका अनुसार पहिलेका मन्त्रालय दिन प्रधानमन्त्री सकारात्मक छन्। तर प्रधानमन्त्रीले भनेअनुसार रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय नै पाउने सम्भावना कम छ।

खेलकुदसहित तीन मन्त्रालय अझै पनि प्रधानमन्त्रीसँगै छ।

प्रकाशित: २० वैशाख २०८० १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =