कांग्रेस आतंककारी भन्ने, माओवादीले आपत्ति जनाउने, मिलेर सरकार चलाउने!

हिमाल प्रेस २९ साउन २०८० १५:२२
44
SHARES
कांग्रेस आतंककारी भन्ने, माओवादीले आपत्ति जनाउने, मिलेर सरकार चलाउने!

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले नक्कली सर्टिफिकेट प्रकरणमा आफूलाई प्रहरीले पक्राउ गरी लगेको विषयमा प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएका छन्। उनले आफूलाई पक्राउ गर्न लगाएको आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको नेतृत्व गरिरहेको गम्भीर आरोप पनि लगाए।

शर्माले प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारीको नेतृत्व गरेको आरोप लगाउँदै गृहमन्त्री नारायाणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताए। शर्माले भने, ‘देशको प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरूको नेतृत्व गरिराख्ननुभएको छ कि डेमोक्रेटीकको नेतृत्व गरिराख्नुभएको छ?’

शर्माले गृहमन्त्रीले राजीनामा नदिए आमरण अनसन बस्ने चेतावनी पनि दिए।

शर्माले आतंककारीको नेतृत्व गरेको भनेर प्रधानमन्त्री र गृहमन्त्रीमाथि आरोप लगाएसँगै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे नियमापत्ति भन्दै उठेर विरोध गरेका थिए। सभामुख देवराज घिमिरेले तत्कालै पाण्डेलाई बोल्न नदिएपछि माओवादीका अन्य सांसदहरूले पनि उठेर विरोध जनाएका थिए।

पछि सभामुख घिमिरेले एक जना सांसदले नियमापत्तिबारे जानकारी गराउनू भनि निर्देशन दिएपछि पाण्डेले बोलेका थिए। ‘सभामुखज्यू आतंककारी भनिएको छ। संविधानअनुसार सदन चलिरहेको छ,’ पाण्डेले भने, ‘यतिखेर प्रधानमन्त्रीलाई आतंककारी भन्ने कुरा कसरी सम्भव भएको छ। यो रेकर्डबाट हटाइनु परंछ राख्न पाइँदैन।’

पाण्डेले नियमापत्ति जनाएसँगै सभामुखले उनलाई नियमापत्ति नभई प्रतिवाद गरेको जवाफ दिए र बस्न अनुरोध गरे। ‘माननीय हितरात पाण्डे यहाँको भनाइबाट ध्यानाकर्षण भयो नियमापत्ति हैन बोलेको कुरामा प्रतिवाद देखियो बस्नुस्’ सभामुखले पाण्डेलाई भने।

प्रधानमन्त्रीले आतंककारीको नेतृत्व गरिरहेको आरोप लगाउने शर्माको पार्टी र आपत्ति जनाउने पाण्डेको पार्टीकै नेतृत्वमा अहिले गठबन्धनको सरकार छ। यी दुवै सत्तारुढ दलका सांसद हुन्।

कांग्रेस सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले साउन २५ गते उनकै निवास मण्डिखाटारबाट पक्राउ गरेको थियो। उनलाई नक्कली कागजात तथा विवरण पेस गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो। साउन २६ गते प्रहरीले थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गर्न शर्मालाई अदालत उपस्थित गराएको थियो। तर अदालतले म्याद थप गर्न अस्वीकार गरेपछि शर्मा हिरासत मुक्त भएका थिए। उनी मोरङ ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन्।

एमालेको अवरोधपछि संसद् बैठक स्थगित

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =