‘कोशीमा हाम्रो उम्मेदवार कांग्रेसका कारण हारेकोमा नेताकार्यकर्तामा आक्रोश छ’

हिमाल प्रेस १७ फागुन २०८० २१:२०
18
SHARES
‘कोशीमा हाम्रो उम्मेदवार कांग्रेसका कारण हारेकोमा नेताकार्यकर्तामा आक्रोश छ’

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धनलाई राम्रोसँग लैजान आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। आज (बिहीबार) पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धनलाई राम्रोसँग लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन्।

‘गठबन्धन राम्रैसँग गइराखेको थियो, राम्रैसँग लाने कुरामा हामी प्रतिबद्ध थियौँ र छौँ पनि,’ उनले भने, ‘नेपाली कांग्रेसको हालै सम्पन्न महासमितिको बैठकले पनि केही चिज नयाँ हामीलाई आवश्यक नभएका कुराहरू उठेका छन्, यस विषयमा छलफल हुन्छ।’

बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ता पार्टी भएकाले उठाउनु नपर्ने विषय उठेको गुनासो आएको भन्दै प्रधानमन्त्री दाहालले यस विषयमा छलफलबाट मात्रै टुंगो लाग्ने बताए।

आफूले राष्ट्रियसभामा कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति आउनुपर्छ, त्यसमा केही फरक हुन्छ भनेको भए पनि अहिले वातावरण परिवर्तन भएको प्रधानमन्त्रीले बताए।

‘यो विषयमा ठोस निर्णय भएको छैन, छलफल चलेको छ,’ उनले भने। पार्टीको बैठकले राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुँदैन भनेको उनको भनाइ छ। ‘औपचारिकरुपमा लिखित निर्णय भएको छैन,’ उनले भने।

कोशीमा माओवादी केन्द्रको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसका कारण भएको भन्दै उनले पार्टीका नेता तथा कार्यकर्ताहरु आक्रोशित भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =