महावीर पुन र सरकारबीच आज पनि वार्ता हुने

हिमाल प्रेस १८ वैशाख २०८० ८:०८
6
SHARES
महावीर पुन र सरकारबीच आज पनि वार्ता हुने

काठमाडौँ- सरकार र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनबीच सोमबार पनि वार्ता हुने भएको छ। आइतबार राति भएको वार्तामा कुरा नमिलेपछि सरकार र पुनबीच पुनः वार्ता हुने भएको हो।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘आज ५ः ३० बजेदेखि ९ बजे रातिसम्म सिंहदरबारमा वार्ता भयो। भोलि ३ः ३० बजे दिउँसो फेरि वार्ता गर्ने निर्णय भयो । सबै कुरा मिलेको छैन।’

आइतबार दिउँसो पनि दुई पक्षबीच वार्ता भएको थियो। सो वार्तामा साँझसम्ममा सहमति खोज्ने र नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी अघि बढ्ने सहमति भएको थियो। तर साँझ भएको वार्तामा पनि कुरा मिलेन।

वार्तामा सरकारका तर्फबाट उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको टोली सहभागी थियो।

 

प्रकाशित: १८ वैशाख २०८० ८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 8 =