महावीरको आन्दोलनप्रति लिङ्देनको ऐक्यबद्धता- माग सम्बोधनमा ढिलाइ नहोस्

हिमाल प्रेस १७ वैशाख २०८० १५:०४
6
SHARES
महावीरको आन्दोलनप्रति लिङ्देनको ऐक्यबद्धता- माग सम्बोधनमा ढिलाइ नहोस्

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् वैज्ञानिक महावीर पुन नेतृत्वको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्। माइतीघर मण्डलामा जारी आन्दोलनमा सहभागी हुँदै लिङ्देनले पुनले राखेका मागहरू तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।

लिङ्देन नेतृत्वको टोलीको धर्ना कार्यक्रमस्थल पुगेर पुनको आन्दोलनप्रति आफ्नो पार्टीको साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा उनले देशका लागि सुरु गरिएको सो सामाजिक आन्दोलन तथा धर्ना कार्यक्रममा साथ दिन पनि सिंगो देशबासीलाई अपिल गरे।

अध्यक्ष लिङदेनले सो आन्दोलनको माग देशका लागि भएकाले तत्काल सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरे। सो माग सरकारलाई पूरा गराउनका लागि बाध्य पार्नेगरी आन्दोलन गर्न उनले देशबासीलाई आग्रह गरे।

पुनका मागहरू संसदमा छलफल गरेर पूरा गर्नुपर्ने भन्दै भ्रम छरेर ढिलाइ नगर्न पनि उनले सरकारलाई सचेत गराए।

‘सरकार पक्षका मानिसहरूले आएर केही भ्रमपूर्ण कुराहरू पनि गरेजस्तो मैले बुझ्न पाएँ। यो त संसदले गर्नुपर्ने हो। मैले के गरौं भनेर प्रधानमन्त्रीले भनेजस्तो लाग्यो। यो काम एउटा प्रधानमन्त्रीले आएर भन्यो भने पुग्छ। संसदमा लैजानुपर्ने विषयहरू यसमा छैन,’ उनले भने, ‘सार्वजनिक खरिद ऐनले कुनै समस्या पार्छ भने त्यो खरिद ऐन सरकारले संशोधनको प्रस्ताव संसदमा ल्याओस् हामी भोलि पास गर्न तयार छौं। सरकारले ऐनमा कुनै समस्या भए संशोधनको प्रस्ताव ल्याओस्।’

देशको भविष्य र सन्ततिको भविष्यका लागि एक वैज्ञानिक पुनले राखेका माग सम्बोधन गर्न ढिलाइ नगर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए। सो अवसरमा बोल्दै पुनले आगामी आर्थिक वर्षमा विकास बजेटको १ प्रतिशत बजेट अनुसन्धान, नवप्रर्वतन र आविष्कार कोषमा छुट्टयाउन सरकारसँग माग गरे।

‘हाम्रो आन्दोलन रमाइलोका लागि होइन, देशको अर्थतन्त्र सुधार्नका लागि चालिएको कदम हो। आविष्कार, अनुसन्धान र नवप्रर्वतनको काम नभएपछि देशको अर्थतन्त्रमा सुधार नभएको हो,’ उनले भने। पुनको नेतृत्वमा सुरु भएको सो आन्दोलनमा वरिष्ठ चिकित्सक गोविन्द केसीलगायतले पनि ऐक्यबद्धता जनाएका छन्।

प्रकाशित: १७ वैशाख २०८० १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =