सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास गर्दैछौं : सञ्‍चारमन्त्री शर्मा

हिमाल प्रेस ८ वैशाख २०८० २१:०४
सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास गर्दैछौं : सञ्‍चारमन्त्री शर्मा फाइल तस्बिर।

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन्। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएकी हुन्।

सरकारी विज्ञापनमा भएको चुहावट रोक्नेगरी सरकारले गृहकार्य अघि बढाएको उनको भनाइ छ।

सरकारी विज्ञापनमा देखिएको चुहावट र विचौलियापन रोक्न सकेमात्र नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीले भाग्दै आएको समस्या समाधान महत्त्वपूर्ण योगदान पुग्ने उनले बताइन्। ‘विज्ञापन क्षेत्रमा हुने बिचौलिया र कमिसनलाई मात्र रोक्न सकियो भने सञ्चारमाध्यमले अहिले भोग्दै आएको आर्थिक समस्या एक हदसम्म समाधान हुनेछ,’ उनले भनिन्।

मुलुक संघीयतामा गइसकेकाले संघ, प्रदेश र स्थानीयतहका विज्ञापनलाई कसरी एकद्वार प्रणालीमा लैजान सकिन्छ भन्नेमा केही व्यवहारिक कठिनाइ रहेको मन्त्री शर्माले उल्लेख गरिन्।

नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीका समस्याप्रति आफू जानकार रहेको बताउँदै उनले वैदेशिक रोजगारीमा भएका श्रमिक सामाजिक सुरक्षा कोषमा समेटिए पनि पत्रकारहरू नसमेटिनु दुःखद भएको बताइन्।

प्रकाशित: ८ वैशाख २०८० २१:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =