माध्यमिक तहको विज्ञापन संशोधन, कुन विषयमा कति शिक्षक माग?

हिमाल प्रेस ३ माघ २०८० ९:३७
1.0k
SHARES
माध्यमिक तहको विज्ञापन संशोधन, कुन विषयमा कति शिक्षक माग?

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरिएको विज्ञापनमा संशोधन गरेको छ।

आयोगले गत पुस ८ गते खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेकाे थियाे। त्यसपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट केही विषयका पद थप भएको हुनाले आयोगले पुस ८ गतेकै विज्ञापन  संशोधन गरेकाे हाे।

जसमा गण्डकी प्रदेशमा विभिन्न विषयका लागि ६ पद थप भएको छ। नेपाली १, अंग्रेजी १, गणित १, विज्ञान १, सामाजिक १, कार्यालय सञ्चालन तथा लेखाका लागि १ पद थप भएको छ।

आयोगले साविकका पदमा थप र बाँकी अन्य प्रदेश र विषयको हकमा यथावत् रहेको जनाएकाे छ।

आयोगले नेपाली ६७, अंग्रेजी ७९, गणित ८५, विज्ञान १२४, सामाजिक ५३, अर्थशास्त्र ७, कार्यालय सञ्चालन तथा लेखा १५, संस्कृत व्याकरण ३, कम्प्युटर विज्ञानका लागि ३ गरी जम्मा ४३६ रिक्त पदका लागि विज्ञापन गरेको थियो।

सामान्य परीक्षा चैत ३ गते दिउँसो १ बजे हुनेछ। माघ ८ गतेसम्म नियमित र माघ १५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सकिनेछ।

प्रकाशित: ३ माघ २०८० ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =