जनता समाजवादी पार्टीको चुनाव चिह्न कस्सिएको मुठी

हिमाल प्रेस २४ वैशाख २०८१ १८:३३
52
SHARES
जनता समाजवादी पार्टीको चुनाव चिह्न कस्सिएको मुठी

काठमाडौँ- अशोक राईको नेतृत्वमा दर्ता भएको नयाँ दलको चुनाव चिह्न कस्सिएको मुठी राखिएको छ। आज निर्वाचन आयोगबाट दर्ता भएको दलको चुनाव चिह्न कस्सिएको मुठी रहेको सांसद तथा पार्टीकी उपाध्यक्ष सुशीला श्रेष्ठले जानकारी दिइन्।

आयोगले जनता समाजवादी पार्टी, नेपालबाट विभाजित बनेको जनता समाजवादी पार्टीलाई आज दर्ताको प्रमाणपत्र दिएको छ।  उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल विभाजन गरी राईले प्रतिनिधिसभाका सात सांसदसहित आइतबार दल दर्ताको निवेदन दिएका थिए।

आयोगले २४ घण्टा पनि नपुग्दै दर्ताको प्रमाणपत्र दिएको हो।

अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

यस्तो छ दल दर्ताका लागि अशोक राई र राजेन्द्र श्रेष्ठले आयोगमा दिएको निवेदन

फुट्यो जसपा नेपाल, अशोक राईको नेतृत्वमा नयाँ पार्टी

प्रकाशित: २४ वैशाख २०८१ १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =