यस्तो छ दल दर्ताका लागि अशोक राई र राजेन्द्र श्रेष्ठले आयोगमा दिएको निवेदन

हिमाल प्रेस २३ वैशाख २०८१ १८:३८
28
SHARES
यस्तो छ दल दर्ताका लागि अशोक राई र राजेन्द्र श्रेष्ठले आयोगमा दिएको निवेदन निर्वाचन आयोग

काठमाडौँ- राजेन्द्र श्रेष्ठ र अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएको समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएको हो। निर्वाचन आयोगमा पुगेर सात जना सांसदले हस्ताक्षरसहित दल दर्ताका लागि निवेदन दिएका छन्।

सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान, सुशीला श्रेष्ठ सांसद निर्वाचन आयोग पुगेका थिए।

यस्तो छ पत्र

निर्वाचन आयोग,

कान्तिपथ, काठमाडौं।

                                 विषय- छुट्टै दल दर्ता गरी पाँऊ।

नेपालको संविधानको धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम यस आयोगमा दल दर्ता कायम रहेको जनता समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दलको केन्द्रीय समिति वा संघीय संसद्का २० प्रतिशत सदस्य भई राजनीतिक दलसम्बन्धी ऐन २०७३ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७६ को उपनियम १ बमोजिम नयाँ दल बनाउन देहाय बमोजिमका विवरण तथा कागजातसहित यो निवेदन पेस गरेको छु।

साविकको दल सम्बन्धी विवरण :-
क) दलको नाम :- जनता समाजवादी पार्टी, नेपाल
ख) आयोगमा दर्ता भएको मिति :-
ग) केन्द्रीय समितिका सदस्यको संख्या – ४०
घ) संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सदस्य : ७

नयाँ राजनीतिक दल सम्बन्धी विवरमा
क) दलको पुरा नाम : जनता समाजवादी पार्टी
ख) दलको संक्षिप्त नाम :- जनता समाजवादी
का) दल गठन भएको मिति : २३ वैशाख २०८१
घ) केन्द्रीय कार्यालय : काठमाडौं

प्रकाशित: २३ वैशाख २०८१ १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =