क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

हिमाल प्रेस १९ कार्तिक २०८३ १८:०८ | Thursday, November 5, 2026

काठमाडौँ- पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन्। ४१ वर्षीय उनले बिहीबार (नोभेम्बर ५ ) मा सामाजिक सञ्जालमा भिडिओ जारी गर्दै यो घोषणा गरेका हुन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन ‘पोर्चुगल सधैँ मभित्र रहनेछ’ त्यसको मुनी उनले भिडियो सन्देश जारी गरेका छन्। उनको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। विश्वभर उनको समाचार बनिरहेको छ। कोचसँगको खटपट भइरहेको अवस्थामा उनको यो सन्देश बाहिर आएको हो।

‘पोर्चुगिज जनताका लागि भन्न चाहन्छु- मैले हाम्रो राष्ट्रिय टोलीको ७ नम्बर जर्सी फिर्ता गर्ने दिन आएको छ। मैले कहिल्यै यो मेरो मात्र हो भन्ने महसुस गरिनँ। तर २३ वर्षसम्म यो जर्सी पहिरिनु, रक्षा गर्नु र संसारभरका स्टेडियमहरूमा बोक्नु मेरो सौभाग्य र जिम्मेवारी रह्यो। आज यो भविष्यका लागि हस्तान्तरण गर्ने दिन आएको छ,’ रोनाल्डोले भिडिओमा भावुक हुँदै भनेका छन्, ‘यो सहज निर्णय पक्कै हैन, किनकि केही निर्णयहरू दिमागले मात्र होइन, मुटुले पनि गरिन्छ। सन् २००३ को अगस्टमा सुरु भएको यात्रा, जसले मेरो जीवन सदाका लागि परिवर्तन गरिदियो, अब अन्त्य भएको छ।’

रेकर्ड ब्रेकिङ करियर र योगदान

रोनाल्डोले सन् २००३ अगस्त २० मा काजाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पोर्चुगलका लागि डेब्यु गरेका थिए। उनले कुल २३४ क्याप जितेका र १४६ गोल गरेका छन्, जुन पुरुष अन्तर्राष्ट्रिय फुटबलका दुवै विश्व रेकर्ड हुन्। उनले ६ विश्वकप र ६ युरोपियन च्याम्पियनसिपमा भाग लिए।

उनको सबैभन्दा ठूलो योगदान सन् २०१६ को यूरो जित हो। कप्तानको रूपमा उनले पोर्चुगललाई पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि दिलाए। फाइनलमा फ्रान्सविरुद्ध चोट लागेर बाहिरिए पनि टचलाइनबाट टोलीलाई उत्प्रेरित गरे, र एडरको गोलले १–० जित सुनिश्चित भयो। त्यसपछि सन् २०१९ र २०२५ मा दुईपटक यूईएफए नेशन्स लिग जिते। यी उपाधिहरूले पोर्चुगल फुटबललाई नयाँ उचाइमा पुर्‍याए।

उनले क्वालिफायरहरूमा धेरै गोल गरे (विश्वकप क्वालिफायरमा ४१ र यूरो क्वालिफायरमा ४१), जसले टोलीलाई बारम्बार ठूला प्रतियोगिताहरूमा पुर्‍यायो। पोर्चुगल फुटबल फेडरेसनले यो बिदाईलाई सहज रुपमा जान नदिने बताएको छ। उनलाई उचित सम्मानसहित बिदा गर्ने पनि जनाएकाे छ।

रोनाल्डोले पोर्चुगलको स्पोर्टिङ क्लबबाट व्यावसायिक करियर सुरु गरेका थिए। त्यसपछि उनी इंग्ल्याण्डको म्यानचेस्टर युनाइटेडमा गए जहाँ उनले २००४ देखि लगातार पाच वर्ष खेले अनि उनी  त्यहाँबाट स्पेनको रियल म्याड्रिड र इटालीको जुभेन्टसमा खेले। पछि फेरि म्यानचेस्टर युनाइटेड फर्किएका थिए। यतिबेला उनी  साउदी अरेबियाको अल नासर क्लबमा खेलिरहेका छन्। क्लव खेल जीवन भने उनले जारी राख्नेछन्।

पछिल्लो सन्दर्भ

यो घोषणा कोच जर्ज जिसससँगको खटपटपछि आएको हो। गत महिना नेशन्स लिगमा नर्वेविरुद्ध पहिलोपटक १८ वर्षमा अनयुज्ड सब्स्टिट्युट भएपछि र डेनमार्कविरुद्ध खेल्ने नदिइएपछि रोनाल्डो क्याम्पबाट हिँडेका थिए। उनले कोचले वचन तोडेको आरोप लगाएका थिए र ३० दिनको निलम्बन पनि भोगे।

अक्टोबरमा उनले संन्यास नलिन र उपलब्ध रहने बताएका थिए, तर अब अन्तिम निर्णय गरेका छन्। रोनाल्डोले क्लब फुटबल जारी राख्नेछन्। उनी साउदी प्रो लिगको अल नासरका लागि खेलिरहेका छन् र करियरको एक हजार गोलको नजिक छन् (९८५०) गोल गरिसकेका छन्। पोर्चुगल फुटबलको सबैभन्दा ठूलो आइकनको रूपमा उनको विरासत रेकर्ड, उपाधि र नेतृत्वमा रहिरहनेछ।

 

 

 

प्रकाशित: १९ कार्तिक २०८३ १८:०८ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast