जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

हिमाल प्रेस २७ वैशाख २०८१ ६:४५
4
SHARES
जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ।

जसपा नेपालले आगामी वैशाख ३१ र जेठ १ गते दुई दिन बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बुधबार दिउँसो ललितपुरमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले केन्द्रीय समितिको बैठक बोलाएको हो।

जसपा नेपाल विभाजनपछि पहिलो पटक केन्द्रीय समिति बैठक आह्वान भएको हो।

आइतबार संघीय परिषद् अध्यक्ष अशोक राईसहित ८ केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूले जसपा नेपाल विभाजन गरेर नयाँ पार्टी गठन गरेका थिए।

नयाँ पार्टीमा प्रतिनिधि सभाका सात सांसद खुलेका छन्।

प्रकाशित: २७ वैशाख २०८१ ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =