अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

हिमाल प्रेस २४ वैशाख २०८१ १७:५६
18
SHARES
अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता फाइल तस्बिर

काठमाडौँ- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।

आइतबार जसपाबाट विभाजित भई नेता अशाेक राई पक्षले आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो। सोही निवेदनमाथि आयोगले सोमबार निर्णय गर्दै दल दर्ता गरेको हो। निर्वाचन आयोगकाअनुसार राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको हाे।

आयोगको निर्णयमा भनिएको छ,‘जनता समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दलबाट छुट्टिई बनेको जनता समाजवादी पार्टी नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगबाट मिति २०८१/०१/२४ मा निर्णय भएकोले यो प्रमाणपत्र दिइएको छ।’

जसपाका १२ मध्ये राईकाे पक्षमा सातजना सांसद छन्। उपेन्द्र यादव पक्षले भने आज विज्ञप्ति जारी गर्दै पार्टी विभाजन नभएकाे दाबी गरेकाे छ।

प्रकाशित: २४ वैशाख २०८१ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =