फुट्यो जसपा नेपाल, अशोक राईको नेतृत्वमा नयाँ पार्टी

हिमाल प्रेस २३ वैशाख २०८१ १७:२१
234
SHARES
फुट्यो जसपा नेपाल, अशोक राईको नेतृत्वमा नयाँ पार्टी अशोक राई

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल दल विभाजन भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन भएको प्रदीप यादवले जानकारी दिए।

जनता समाजवादी पार्टी नाम राखेर आजै निर्वाचन आयोगमा पेस भएको निवेदन दर्ता भएको छ। नयाँ पार्टीको नाम नेपाल हटाएर राखिएको हो। राईको पक्षमा ७ जना सांसद रहेको यादवको दाबी छ। प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।

जसपाका अध्यक्ष उपेन्द्र यादव भने देश बाहिर छन्। उक्त दलका ७ जना सांसदहरू नयाँ दल दर्ताका लाग अहिले निर्वाचन आयोगमा पुगेका छन्। सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान, सुशीला श्रेष्ठ सांसद निर्वाचन आयोग पुगेका हुन्।

 

 

प्रकाशित: २३ वैशाख २०८१ १७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 10 =