बिहारमा तरकारी बजारमा आगलागी

हिमाल प्रेस २८ चैत २०७९ २१:२६
2
SHARE
बिहारमा तरकारी बजारमा आगलागी

बोधगया– बिहारमा तरकारी बजारमा आगलागी हुँदा एक सयभन्दा बढी पसल जलेका छन्। बिहारको बोधगयामा तरकारी बजारमा मंगलबार आगलागी हुँदा बजारका १ सय १५ पसल जलेर खरानीमा परिणत भएका छन्। अत्यधिक तीव्र गतिमा सल्केको आगोले एक छिनमै दर्जनौं पसलहरू जलेका भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
ग्यास सिलिन्डर पड्किएर आगलागी भएको घटनास्थलमा रहेका स्थानीयले बताएका छन्। साथै आगलागीबाट ३७९ हेक्टर जंगल, फुटबल मैदान र दर्जनौँ घर जलेका छन्। जलेका घरमा एक पुरुषको शव पनि फेला परेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
एक जना व्यक्ति भाग्ने क्रममा पनि गरी दुई जनाको मृत्यु भएको बताइएको छ।
यसैबीच स्थानीय अधिकारीहरूले सयौँ बासिन्दा र थुप्रै पर्यटकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।
खाद्यान्न पसल सञ्चालक मुहम्मद राजुले भनेका आगलागी भीषण रहेको बताए। ‘कसैले निभाउने आँट गर्न सक्ने अवस्था थिएन,’ उनले भनेका छन्, ‘सिलिन्डर विस्फोट भएर आगलागी भएको हो।’
निकैपछि मात्र आगो नियन्त्रणमा लिने प्रयास गरिएको हुनाले क्षति व्यापक भएको हुनसक्ने अनुमान गरिएको छ।
आगलागीबाट ५ देखि ६ वटा मोटरसाइकल समेत जलेका छन्। पछिल्लो समय प्रहरी प्रशासन घटनास्थलमा पुगेको र अनुसन्धान गरिरहेको बताइएको छ। रासस/एएनआई

प्रकाशित: २८ चैत २०७९ २१:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =