सुनसरीको भोक्राहामा आगलागी, जले १५ घर

हिमाल प्रेस ११ वैशाख २०८१ २०:५३
38
SHARES
सुनसरीको भोक्राहामा आगलागी, जले  १५ घर

इनरुवा (सुनसरी)- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज  (मंगलबार) आगलागी भएको छ। आगलागीबाट ५० लाखभन्दा बढीको क्षति भएको छ।

स्थानीय जियान्दन मेहताको घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो। आगो उनका छिमेकी रामदेव मेहताको घरमा राखिएको परालमा सल्केपछि अन्य १५ घर जलेर नष्ट भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। आगलागीबाट महेन्द्र मेहताका १० वर्षीय छोरा घाइते भएका छन्। उनको इनरुवा अस्पतालमा उपचार भइरहेको छ।

आगोले शिशौ टोलका सात परिवारको घरमा रहेको खाद्यान्न, लत्ताकपडा र नगद जलेर नष्ट भएको छ। आगोबाट भएको क्षतिको थप विवरण संकलन भइरहेकोे प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले आगो निभाएका थिए। आगो निभाउन सात दमकल प्रयोग गरिएको थियो। आगलागीबाट सबै सामान जलेर नष्ट भएपछि पीडितको बिचल्ली भएको छ।

प्रकाशित: ११ वैशाख २०८१ २०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fourteen =