कोशीमा नयाँ सरकार गठनको आह्वान, आज एमाले–माओबादीले दाबी पेस गर्दै

हिमाल प्रेस २७ वैशाख २०८१ ६:३९
8
SHARES
कोशीमा नयाँ सरकार गठनको आह्वान, आज एमाले–माओबादीले दाबी पेस गर्दै कोशी प्रदेशसभाको बैठक। फाइल तस्बिर

इटहरी- कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ।

प्रदेश प्रमुख परशुराम खापुङले दुई दिन समय दिएर बुधबार राति नयाँ सरकार गठनको आह्वान गरेका हुन्।

मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले पुनः संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई वैशाख २८ गते अपरान्ह ५ बजेभित्र मुखयमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्।

यसअघि कार्की पनि सोही धाराबमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।
एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार बिहीबार (आज) दिउँसो एमाले–माओबादी नयाँ सरकारका लागि संयुक्त दाबी पेश गर्ने तयारी छ।

एमालेले आफ्ना सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद् सचिवालयमा भेला हुन निर्देशन दिएको छ। उता माओवादीले पनि आफ्ना सांसदहरूलाई परिचयपत्रका साथमा १० बजे संसद् सचिवालय आउन आग्रह गरेको जनाएको छ।

एमालेले नयाँ मुख्यमन्त्रीको रूपमा पुनः हिक्मतकुमार कार्कीलाई पठाउने निर्णय गरेको छ। उनी यसअघि दुईपटक मुख्यमन्त्री बनिसकेका छन्।

प्रदेशसभाको दोस्रो कार्यकालमा २०७९ पुस २८ र २०८० भदौ २२ गते गरी दुई पटक मुख्यमन्त्री बनिसकेका कार्की एमाले संसदीय दलका नेतासमेत हुन्।

प्रकाशित: २७ वैशाख २०८१ ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 16 =