कोशीमा कार्की नेतृत्वको सरकार ढाल्न एमाले-माओवादीले पेस गरे संकल्प प्रस्ताव

हिमाल प्रेस ३ वैशाख २०८१ १७:०१
32
SHARES
कोशीमा कार्की नेतृत्वको सरकार ढाल्न एमाले-माओवादीले पेस गरे संकल्प प्रस्ताव कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की।

काठमाडौँ- काेशीमा नेपाली कांग्रेसका केदार कार्की नेतृत्वकाे सरकार ढालेर नयाँ गठबन्धनको सरकार बनाउने उद्देश्यसहित नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशसभामा संकल्प प्रस्ताव पेस गरेका छन्। उनीहरूले २५ वैशाखभित्र कार्कीले विश्वासकाे मत लिनुपर्ने अथवा राजीनामा दिनुपर्ने व्यहाेरा संकल्प प्रस्तावमा उल्लेख गरेका छन्।

२५ वैशाखभित्र राजीनामा पनि नदिए र विश्वासकाे मत पनि नलिए मन्त्रिपरिषद्का कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने व्यहाेरा पनि संकल्प प्रस्तावमा उल्लेख छ।

प्रकाशित: ३ वैशाख २०८१ १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =