इटहरी आइपुगे हात्तीमैत्री पदयात्रामा निस्किएका मुख्यमन्त्री कार्की

हिमाल प्रेस १३ फागुन २०८० ७:५७
12
SHARES
इटहरी आइपुगे हात्तीमैत्री पदयात्रामा निस्किएका मुख्यमन्त्री कार्की

इटहरी-  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती प्रभावित कोशीका विभिन्न जिल्लाको पदयात्रा गरिरहेका छन्। उनी यसै सन्दर्भमा आइतबार सुनसरीको इटहरी-३ स्थित तालतलैया क्षेत्र आइपुगेका छन्।

कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा सुरु भएको थियो। यस क्रममा कार्कीले झापा, इलाम र मोरङका विभिन्न वन तथा बस्तीमा अवस्थित हात्ती जैविक मार्ग हुँदै यात्रा तय गरेका हुन्।

पदयात्रा टोली शनिबार राति १० बजे सुनसरीको फोक्लिङ टापु हुँदै तालतलैया सिमसार क्षेत्र प्रवेश गरेको हो।

सुनसरी प्रवेशका क्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणले मुख्यमन्त्रीलाई स्वागत गरेका थिए।

त्यस क्रममा स्थानीय बासिन्दाले पछिल्लो पटक तालतलैयासहित इटहरी क्षेत्रमा जंगली हात्तीबाट भएको क्षतिबारे जानकारी गराए। कार्कीले आफू जनताको समस्या बुझ्न र समाधानका उपाय पहिल्याउनकै लागि पदयात्रामा निस्किएको बताउँदै भने, ‘म आफैँ जनताको समस्या बुझ्न घरदैलोमै आएको छु। हात्तीबाट भएको क्षति, जनताले पाएको दुःख र हात्ती पनि बचाउने अभियान हो।’

मुख्यमन्त्री कार्कीले आउँदो बजेटमा उचित कार्यक्रम समावेश गरी हात्ती प्रभावित क्षेत्रको लागि विशेष कार्यक्रम ल्याइने सुनाए। मुख्यमन्त्री कार्कीको पदयात्रा उदयपुरको बेलसोत पुगेर समापन हुनेछ । यसक्रममा उनले दजर्नौ स्थानामा स्थानीय र हात्ती प्रभावितहरुसँग अन्तरसंवाद गर्नेछन्।

प्रकाशित: १३ फागुन २०८० ७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =