कोशी सरकारबाट बाहिरियो माओवादी, समर्थन पनि फिर्ता लिने

हिमाल प्रेस २६ चैत २०८० १५:०८
38
SHARES
कोशी सरकारबाट बाहिरियो माओवादी, समर्थन पनि फिर्ता लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय।

इटहरी- कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। माओवादी केन्द्रले कोशी सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सोमबार प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए।

विश्वासको मत फिर्ता लिएको जानकारी आजै प्रदेश प्रमुखलाई गराउने उनले बताए। साथै, माओवादीबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई आजै फिर्ता बोलाउनेसमेत उनले जानकारी दिए। माओवादीले विशेष अधिवेशन आह्वानका लागि निवेदन समेत दिने निर्णय भएको आङ्बोले बताए। केन्द्रमा सत्ता गठबन्धन हेरफेरि भएसँगै प्रदेशमा पनि त्यसको प्रभाव परेको हो। यहाँ कांग्रेसका केदार कार्की मुख्यमन्त्री छन्।

प्रकाशित: २६ चैत २०८० १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =