कोशीमा सर्वदलीय सरकार निर्माणको विकल्प छैन : मुख्यमन्त्री कार्की

हिमाल प्रेस १० चैत २०८० ७:२८
4
SHARES
कोशीमा सर्वदलीय सरकार निर्माणको विकल्प छैन : मुख्यमन्त्री कार्की

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प नभएको बताएका छन्।

नेपाल क्षयरोग निवारण संस्थाको ४४ औं केन्द्रीय सभाको वार्षिक अधिवेशनमा शुक्रबार मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका हुन्।

‘पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदको समर्थनमा म मुख्यमन्त्री बनेकोले उहाँको नै भावनाअनुसार सर्वदलीय सरकार बनाउन लागिपरेको छु,’ उनले भने, ‘त्यसैले पूर्वमुख्यमन्त्री ज्यूले दिनु भएकै मन्त्रअनुसार सर्वदलीय सरकारलगायत विकास निर्माणको बजेटसमेत कार्यान्वयनमा लागेको छु।’

मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताएका हुन्। ‘संविधान अनुसार बनेको सरकार हो । सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन,’ उनले भने, ‘त्यसैले माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार केही हुँदैन।’

वर्तमान सरकारविरूद्ध बलजफति गर्न जो सुकैलाई प्रदेश प्रमुख बनाएर संविधान विपरीत केही गर्न खोजिए तत्कालीन प्रधानसेनापति रूक्मांगद कटुवालको जस्तौ घटना दोहोरिने मुख्यमन्त्री कार्कीले स्मरण गरे।

प्रकाशित: १० चैत २०८० ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + three =