विद्यालय कर्मचारीको सक्रियता : शिक्षा विधेयक चाँडो पारित गराउन प्रदेश तहबाटै दबाब

हिमाल प्रेस २९ माघ २०८० ११:०५
5.0k
SHARES
विद्यालय कर्मचारीको सक्रियता : शिक्षा विधेयक चाँडो पारित गराउन प्रदेश तहबाटै दबाब

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्, प्रादेशिक कार्यसमिति कोशी प्रदेशले चौथो प्रादेशिक परिषद् सम्पन्न गरेको छ।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारीको प्रमुख आतिथ्य तथा विद्यालय कर्मचारी परिषद् कोशी प्रदेश अध्यक्ष मौसम श्रेष्ठको सभापतित्वमा शनिबार सुनसरीको रामधुनी–१ झुम्कास्थित भासी माविको सभाहलमा परिषद् सम्पन्न भएको हो।

परिषद् भेलामा संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक–२०८० चालु अधिवेशनबाटै पारित हुनुपर्ने जोड दिइएको छ। उक्त विधेयकमा विद्यालय कर्मचारीका जायज माग समेट्न थप दबाब कार्यक्रम अघिसार्ने पनि निष्कर्ष निकालेको छ।

राष्ट्रिय समिति अध्यक्ष तिवारीले विद्यालय कर्मचारीको वर्तमान अवस्था, लेबी, केन्द्रीय समितिले गरिरहेका कामहरूबारे भेलालाई जानकारी गराए।

विद्यालय कर्मचारी परिषद् आन्दोलन परिचालन समितिका संयोजक तथा कार्यक्रमका विशिष्ट अतिथि बब्बनकुमार मिश्रले पनि सरकार र विद्यालय कर्मचारीबीच भएका सहमति नयाँ शिक्षा ऐनमा समेटिनुपर्ने बताए।

परिषद् भेलामा अर्थसचिव राजकिशोर माझीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। परिषद् कार्यक्रम सञ्चालन सचिव शेखर यादवले गरेका थिए भने स्वागत मन्तव्य सहसचिव विमला अधिकारीले गरेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =