कुपन्डोलस्थित महिन्द्राको वर्कसपमा आगलागी, १० सवारीसाधन जले (भिडियोसहित)

हिमाल प्रेस २० चैत २०७९ १०:२३
12
SHARES
कुपन्डोलस्थित महिन्द्राको वर्कसपमा आगलागी, १० सवारीसाधन जले (भिडियोसहित)

काठमाडौँ- ललितपुरको कुपन्डोलस्थित महिन्द्रा कम्पनीको वर्कसपमा सोमबार बिहान आगलागी भएको छ। आगलागीबाट मर्मतका लागि राखिएका ६ वटा गाडी, एउटा मारुती भ्यान, एउटा स्कुटर र दुई वटा मोटरसाइकल पूर्ण रूपमा जलेका छन्।

बिहान ४ः४० बाट सुरु भएको आगलागी साढे ५ बजे नियन्त्रणमा आएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए। ‘क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन,’ उनले भने, ‘आगलागीको कारण खुलेको छैन, सर्ट भएको हो कि भन्ने अनुमान छ, घटनाको अनुसन्धान भइरहेको छ।’

प्रकाशित: २० चैत २०७९ १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =