कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने

हिमाल प्रेस २२ माघ २०७९ ११:४९
4
SHARES
कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने

काठमाडौँ- कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने भएको छ। आइतबार धुम्बाराहीमा बसेको बैठकले राष्ट्रिसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

‘विपक्षी अन्य दलहरूसँग पनि छलफल गरेर अगाडि बढ्ने भनेर सल्लाह गरेका थियौँ,’ उनले भने, ‘अन्य दलहरूले पनि अहिले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने भनिसकेपछि सबै कोणबाट विश्लेषण गरेर हामी उम्मेदवारी नदिने निर्णयमा पुगेका हौँ।’

राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्याल उम्मेदवार बन्दैछिन्। कांग्रेसले पनि अर्याललाई समर्थन गर्नका लागि उम्मेदवारी नदिने निर्णय गरेको बताइएको छ।

राष्ट्रियसभा उपाध्यक्षका लागि आज (आइतबार) मनोनयन दर्ता हुने भएको छ। संघीय संसद् सचिवालयले यसका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ।

आइतबार ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रियसभाको बैठकमा माघ २३ गते ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ पेस गरिनेछ। तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ।

प्रकाशित: २२ माघ २०७९ ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =