सुर्खेतमा जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा चार जना पक्राउ

हिमाल प्रेस २७ असार २०८० १९:२७ | Wednesday, July 12, 2023
सुर्खेतमा जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा चार जना पक्राउ सांकेतिक तस्बिर।

सुर्खेत- सुर्खेतमा जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काँक्रेविहार वनको नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

बुधबार बिहान ३ बजे जरायो मारेर भाग लगाइरहेको गोप्य सूचनाका आधारमा घटनास्थलबाटै चार जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर-१० का ५२ वर्षीय डम्मरबहादुर थारु, उनका छोरा अन्दाजी २१ वर्षीया सुशील चौधरी, २८ वर्षीय आशाराम चौधरी र वीरेन्द्रनगर–११ का ४१ वर्षीय मीनबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही हुने जिल्ला वन कर्यालय सुर्खेतले जनाएको छ। अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ असार २०८० १९:२७ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast