देउसी भैलोका नाममा अमर्यादित गतिविधि भए कारबाही हुन्छ : गृहमन्त्री

हिमाल प्रेस २४ कार्तिक २०८३ १९:१५ | Tuesday, November 10, 2026
देउसी भैलोका नाममा अमर्यादित गतिविधि भए कारबाही हुन्छ : गृहमन्त्री गृहमन्त्री सुदन गुरुङ। फाइल तस्बिर

काठमाडौँ- गृहमन्त्री सुदन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा विकृत गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

गृहमन्त्री गुरुङले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच आउने गरी देउसी भैलो खेल्ने क्रममा हुने अमर्यादित गतिविधिलाई कानुनबमोजिम नियन्त्रण गरिने बताएका हुन्।

उनले चाडपर्वको नाममा हुने अश्लील तथा विकृत गतिविधिप्रति गृह मन्त्रालय गम्भीर रहेको उल्लेख गरेका छन्।

‘हाम्रो मौलिक परम्परा र सांस्कृतिक मर्यादालाई आँच आउने गरी देउसी भैलो मनाउने क्रममा हुने अमर्यादित क्रियाकलापलाई कानुनबमोजिम निर्ममतापूर्वक नियन्त्रण गरिनेछ,’ उनले लेखेका छन्।

यस्ता गतिविधि देखिए तत्काल प्रहरीको आपत्कालीन नम्बर १०० मा खबर गर्नसमेत उनले सर्वसाधारणलाई अनुरोध गरेका छन्।

प्रकाशित: २४ कार्तिक २०८३ १९:१५ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast