जनकपुरका बलर चम्किँदा सुदूरपश्चिम १२० रनमै समेटियो

हिमाल प्रेस २४ कार्तिक २०८३ १८:४८ | Tuesday, November 10, 2026
जनकपुरका बलर चम्किँदा सुदूरपश्चिम १२० रनमै समेटियो

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा सुदूरपश्चिम रोएल्सले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दुई पटकको उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनायो।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए। उनले २३ बलमा २ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, थरिन्दु रत्नायकेले २८ बलमा १ चौका र २ छक्काको मद्दतमा अविजित २७ रन जोडे।

आरिफ शेखले ११ तथा ओपनरद्वय सैफ अली जैब र विनोद भण्डारीले समान १० रन बनाए।

सैफ अली जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका थिए। यही नै सुदूरपश्चिमको इनिङ्समा सबैभन्दा ठूलो साझेदारी बन्यो। त्यसपछि टोलीले कुनै ठूलो साझेदारी गर्न सकेन र नियमित अन्तरालमा विकेट गुमाउँदै सामान्य योगफलमा सीमित भयो।

टसका क्रममा सुदूरपश्चिमका कप्तानले १७० रन बनाउने लक्ष्य राखेको बताएका थिए। तर, जनकपुरका बलरले सुरुदेखि नै दबाब कायम राखेपछि सुदूरपश्चिमले अपेक्षाकृत कम स्कोर बनायो।

जनकपुरका कप्तान हर्मीत सिंहले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए। हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान १ विकेट हात पारे।

यसै खेलबाट एनपीएलमा डेब्यु गरेका आयरल्यान्डका खेलाडी हेरी टेक्टरले किफायती बलिङ गरे। उनले ४ ओभरमा जम्मा ९ रन मात्र खर्चिएर जनकपुरको बलिङलाई थप प्रभावकारी बनाए।

अब जनकपुर बोल्ट्सलाई जितका लागि १२१ रन आवश्यक छ।

प्रकाशित: २४ कार्तिक २०८३ १८:४८ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast